चलचित्र तारेभिरको प्रोमो रिलिज

काठमााडौं ९ जेठ- नेक्स्ट जेनेरेसन ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र तारेभिरको प्रोमो रिलिज भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी निर्माण पक्षले प्रोमो रिलिज गरेको हो । डि.के देवानको निर्माण रहेको यस चलचित्रको कथा र निर्देशन प्रेम सुब्बाको रहेको छ । त्यसै गरी प्रेम सुब्बा र कृष्ण आचार्यको पटकथा संवाद रहेको यस चलचित्रलाई युबराज राईले खिचेका छन् ।

जनक गुरुङ्गको एक्सन,प्रकाश गुरुङ्ग,सनुप पौडेल र ब्रबीम सेर्माको संगीत,गोवीन्द राई र दिनेश मङमुको कोरीयोग्राफी, राम प्रसाद चौधरीको सम्पादन,मनोज राजबाहकको डबीङ्ग र गौतमराज खड्काको भि.एफ.एक्स रहेको छ ।

चलचित्रमा विष्णु चेम्जोङ्ग, नविन कार्की, रेखा फागो, रमेश सिंह, प्रेम सुब्बा, रन्जीत राना लगायत कलाकारले अभिनय गरेका छन् । यो चलचित्रले आगामी असार २ गतेलाई आफ्नो प्रर्दशन मिति तोकेको छ ।

प्रोमो यहाँ हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *