चर्चित नायिकाको विवाह क्रिकेटर शरद भेष्वाकर सँग

काठमाडौं १६ असार – नायिका निशा अधिकारी र नेपाली क्रिकेटर शरद भेष्वाकर आज विवाह बन्धनमा बाँधिदै छन् ।
दरवार मार्गस्थित पाच तारे होटल अन्नपूर्णमा कडा सुरक्षा घेरामा उनीहरुको विवाह भएको हो । विवाह कार्यक्रममा निशा र शरदका सिमित आफन्तहरु मात्र उपस्थित छन् भने चलचित्रकर्मीहरुको पनि उपस्थिती निकै न्यून छ । निशा र शरदको एकताका खुब ब्रेकअप भएको हल्ला चलेको थियो । त्यस बखत उनीहरु सार्वजनिक स्थल र बाहिर मिडियामा पनि एकसाथ देखिदैनन् थिए ।
उनीहरुले दुबै परिवारको सहमतीमा परम्परागत शैलीमा विवाह गरेका हुन्  । विवाहमा परिवार सदस्य, आफन्त तथा सिमित कलाकर्मीको उपस्थिति हरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *