चट्याङ लागेर गुल्मीमा एक जनाको मृत्यु

१७ भदौ, काठमाडौं : गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मालिका गाउँपालिका–२ दर्लिङ्गका ६० वर्षीय हीराबहादुर घर्ती रोकाहा रहेको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक किरण सापकोटाका अनुसार शनिबार बेलुकी साढे ७ बजेको समयमा चट्याङ लागेर घाइते भएका घर्तीलाई नजिकैको स्वास्थ्य केन्द्रमा लगिएको थियो । थप उपचारको लागि घर्तीलाई गुल्मी अस्पतालमा ल्याइएको थियो । तर, गुल्मी अस्पतालले शनिबार राति नै घर्तीलाई मृत घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *