घुस लिएको आरोपमा दुई कर्मचारी पक्राउ

३१ साउन, काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाँउपालिकाबाट सोलार बत्ती जडान लगायतको योजनाको भुक्तानी बापत घुस लिएको आरोपमा इटहरीस्थित कार्यालयबाट खटिएको अख्तियारको टोलीले दुई कर्मचारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गाँउपालिकाका अपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादव रहेका छन् ।

वीरेन्द्रकुमार २ लाख रुपैयाँ नगदसहित र लेखनापाल टेकनारायण घुस बापत लिएको तीन लाख रुपैयाँको चेकसहित पक्राउ परेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *