घाँस काट्ने क्रममा भिरबाट २ सय मिटर तल खसी एक महिलाको मृत्यु

१८ साउन, काठमाडौँ : गुल्मी जिल्लाको मुसिकोट नगरपालिका–४ डाँडाथोक मा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३६ वर्षकी फुलकुमारी नेपाली रहेको छ । फुलकुमारी बिहीबार बिहान ढुंगेठाटी हर्लेखानी सामुदायिक वनमा घाँस काट्न गएको र घाँस काट्ने क्रममा भिरबाट लडेर करिब २ सय मिटर तल खसी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेले बताए ।

भिरबाट लडेर मृत्यु भएकी नेपालीलाई सँगै घाँस काट्न गएका आफन्तहरुले घरमा ल्याएको डीएसपी पाण्डेले बताए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठको कमाण्डमा ५ जनाको टोली घटनाबारे थप अनुसन्धानका लागि खटिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *