थपिएका स्थानीय तहमा जेठ ३१ गते निर्वाचन गर्न नसकिने

काठमाडौं ९ जेठ- निर्वाचन आयोगका एक आयुक्तले नयाँ थपिएका स्थानीय तहमा जेठ ३१ गते निर्वाचन गर्न नसकिने बताएका छन् । आयोगका आयुक्त नरेन्द्र दाहालले प्राविधिक कारणले अब जेठ ३१ गते ती नयाँ स्थानीय तहमा निर्वाचन गर्न नसकिने बताएका हुन् । आयुक्त दाहालले भने, ‘नयाँ स्थानीय तहको संख्या थपिएको भन्ने सुनेका छौँ, ती स्थानीय तहमा पनि चुनाव गर्ने हो भने जेठ ३१ गते सम्भव छैन ।’ प्राविधिक कारणले नै चुनाव गर्न नसकिने दाहालको भनाइ छ ।

उनले भने, अब २१ दिनमात्रै बाँकी छ । नयाँ थपिएका स्थानीय तहमा कार्यालय स्थापना गर्ने, कर्मचारी खटाउने, मतदाता नामावली छाप्ने र मतदाता परिचयपत्र छपाएर जेठ ३१ मै चुनाव गर्न अब सम्भव छैन ।सरकारले दोस्रो चरणको निर्वाचनको मिति सारेर समय थप गरेमा भने सबै ठाउँमा एकैचोटि चुनाव गर्न सकिने आयुक्त दाहालले बताए । दाहालले भने, ‘यो मेरो निजी बुझाइ हो, निर्वाचन आयोगले यसबारे आधिकारिक निर्णय भने गरिसकेको छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *