गौशालामा एक व्यक्तिमाथि आक्रमण, घटनास्थलमा पेस्तोल फेला

१५ असोज, काठमाडौँ : काठमाडौं महानगरपालिका–९ पिंगलास्थानमा सञ्चालित पीके डायग्नोस्टिक सेन्टरका सञ्चालक साजन हुसेनका भाइ साबिर हुसेनमाथि अज्ञात व्यक्तिले आक्रमण गरेको छ ।

आक्रमणकारीले साबिरमाथि छुरा प्रहार गरी भागेका थिए । घटनास्थलमा एक थान पेस्तोल र गोली समेत फेला परेको छ । घटनास्थलमा गोली चलेको पुष्टि हुन नसकेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले रातोपाटीले बताए । प्रहरी वृत्त गौशालाका प्रहरी नायब उपरीक्षक (डीएसपी) केशव थेबे घटनास्थल पुगेका छन् ।

घाइते सबिर हुसेनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको छ । आक्रमणकारीले घटनास्थलमा पेस्तोल खसालेको प्रत्यक्षदर्शीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *