गोसाइँकुण्डबाट काठमाडौं आउँदै गर्दा किशोर बेपत्ता

१६ भदौ, काठमाडौँ : रसुवाको गोसाइकुण्डबाट फर्कने क्रममा शुक्रबार एक किशोर बेपत्ता भएका छन् ।

उनी जनै पूर्णिमाको दिन तालमा उत्सव मनाउन गएका थिए । बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार बेपत्ता हुनेमा काठमाडौं केएमसी–३ बस्ने १७ वर्षीय प्रदेश तामाङ रहेको छ । तामाङ आज बिहान ५ बजे सम्पर्कविहीन भएको बताइएको छ । बेपत्ता किशोरको खोजीका लागि स्थानीयबासीसहित नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ ।

यसैबीच काभ्रेको चौरीदेउराली गाउँपालिकाका ४८ वर्षीय रामबहादुर तामाङ गोसाइकुण्डबाट फर्कने क्रममा बिरामी परेका थिए । पेट दुखेको गुनासो आएपछि उनलाई उपचारका लागि काठमाडौंको अस्पताल लगिएको थियो । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *