गोरखा फुजेलकी गङ्गामाया अधिकारी फेरि आमरण अनसनमा

काठमाडौं, १८ माघ – आफ्नो छोराको हत्या भएको र हत्यारालाई कारवाहीको माग गर्दै १३ वर्षदेखि अनसनमा रहेकी गोरखा फुजेलकी ६१ वर्षीया गंगामाया अधिकारीले सहिद दिवसका दिन माघ १६ गतेदेखि आमरण अनसन सुरु गरेकी छन् । गंगामायाले अस्पतालको बेडमै अन्नपानी त्यागेको र न्याय नपाउने भएकोले मर्न चाहेको भन्दै आमरण अनसन सुरु गरेकी हुन् ।

‘जबसम्म मलाई न्याय दिइँदैन तबसम्म खान्नँ, बरु मेरो प्राणै जाओस्, माग पूरा नभएसम्म आन्दोलन तोड्दिनँ ।’ गंगामायाले भनेकी छन् । उनका पति नन्दप्रसाद अधिकारीको ३ सय ६० दिनको अनसनपछि वीर अस्पतालमै २०७१ असोज ६ गते मृत्यु भएको थियो र उनको शव टिचिङ अस्पतालको ४ नम्बर फ्रिजमा अहिले पनि राखिएको छ ।

गंगामायाको स्वास्थ्य बिग्रँदै गएपछि चिकित्सकले जाँचका लागि रगत लिने प्रयास गरिरहेका थिए । तर, उनले आफू अब अनशन बस्ने भन्दै रगत झिक्न नदिएको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *