गोरखा जिल्लाको प्रहरी चौकी नजिकैको सुक्खा पहिरो खस्दा सदरमुकाम प्रवेश गर्ने सबै सवारीसाधन बाटोमै थन्किए

१५ भदौ, काठमाडौँ : गोरखा नगरपालिका–१४ को मझुवा देउरालीस्थित प्रहरी चौकी नजिकैको उकालोमा आज बिहान सुक्खा पहिरो खस्दा गोरखा–आँबखैरेनी सडकखण्ड अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुपम श्रेष्ठकाअनुसार पहिरो खसेपछि यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएको छ । भने अहिले आँबुखैरेनीबाट गोरखा आउने तर्फबाट पहिरो पन्छाउने काम सुरु भएको र सुक्खा पहिरो पन्छाउन केहि समय लाग्ने उनले बताए ।

पहिरोका कारण गोरखा सदरमुकाम प्रवेश गर्ने सबै सवारीसाधन बाटोमै थन्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *