गोपाल किरातीले अन्तर पार्टि दुई लाईनमा चलाउने

काठमाडौ २३ असोज-माओवादी केन्द्रले एमाले र नया शक्ति पार्टि संग चुनावी तालमेल र पार्टि एकता गर्ने भएपछी फरक मत राख्दै पार्टिलाई पुनर्गठन गर्ने भन्दै आएका माओवादी प्रभावशाली नेता गोपाल किरातीले अन्तर पार्टि दुई लाईन चलाउने बताएका छन् ।

पार्टि मुख्यालय पेरिस डाँडामा आज भएको पार्टिको सदस्यहरुको बैठकमा पार्टि अध्यक्ष प्रचण्डले माओवादी पार्टिले माओवाद र पहिचानको मुद्धा छोड्न नसक्ने बताएपछि नेता किरातीले पार्टी भित्रै अन्तरपार्टी दुई लाईन चलाउने बताएका हुन् ।

नेता किरातीले भनेका छन्, भौतिकवादी परम्पराअनुसार अब अध्यक्षको उक्त प्रतिवद्धतालाई हाम्रो पार्टी माओवादी केन्द्रको नयाँ संकल्पका रुपमा बुझ्नैपर्छ र “अन्तरपार्टी दुई लाइन संघर्ष गर्न” क. मातृका यादवलगायत नेताहरु तथा सामाजिक सञ्जालका ८० प्रतिशत साथीहरुको सुझावलाई स्वीकार गरी डटेर अन्तरपार्टी संघर्ष गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *