गोकर्णेश्वोर नगरपालिकामा जनता सँग मेयर कार्यक्रमको सुरुवात ।

काठमाडौँ ०२

गोकर्णेश्वोर नगरपालिका वडा नं ०५ को प्रभुराम आदर्श टोल ले आफ्नो दोस्रो वार्षिक साधारण सभा बनभोज तथा जनता सँग मेयर कार्यक्रम गोकर्णेश्वोर नगरपालिकामा रहेको सहिद पार्कमा सम्पन्न गरेको छ ।

साधारण सभाका प्रमुख अतिथि वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुबेदी रहनु भएको थियो भने वडा सदस्य लगायतका व्यक्तित्व हरुको पनि अतिथिko उपस्तिती रहेको थियो ।

टोल सुधार समितिका अध्यक्ष भुपेन्द्र थपलिया अनुसार लामो समय देखि यही समाजमा रहेको र यस्तो आयोजना पहिलो पटक गरिएकोमा टोल बसी लगायत स्वयम आफु पनि धेरै नै खुशी भएको व्यक्त गर्नु भयो । राम्रो नेतृत्व र कुशल भूमिमा भएका कारण प्रभुराम आदर्श टोल गोकर्णेश्वोर नगरपालिका कै नमुना टोल भएको वडा अध्यक्ष सुवेदीले आफ्नो मन्तब्यमा जिकिर गर्नुभयो ।

प्रभुराम आदर्श टोलले साधारण सभा लगायत मेयर संग जनता कार्यक्रम पनि राखेको थियो र उक्त कार्यक्रममा जनताका तर्फ बाट विभिन्न प्रश्नहरु सोधिएका थिए । डिजिटल फोरेन्सिक, साइबर सेकुरिटी, खानेपानी, बागमती ढल व्यबस्थापन, फोहोरमैला व्यबस्थापन लगायतका विभिन्न प्रश्नहरु सोधिएको थियो ।

प्रश्नहरुको जवाफ दिदै मेयर दिपक रिसालले गोकर्णेश्वोर नगर बासिलाइ आफ्नै नगरमा भएको सुन्दरीजलको पानि भबिस्यमा खुवाउने पहल गरिएको तथा बागमती ढल व्यबस्थापन लगायतका कामहरुको पहल गरिएको र यस नगरपालिकालाई नेपालकै उत्कृष्ट नगरपालिका बनाउन खेल्नु पर्ने भूमिका खेल्ने बताउनु भयो ।

आयुष्मा थपलियाको प्रश्नको उत्तर दिदै रिसालले साइबर सेकुरिटी अहिलेको अवस्थामा अत्यन्तै आवस्यक रहेको र यो बिषयमा अझ गहिरियर अध्ययन गर्ने कुरा बताउनु भयो ।

अशोक ढकाल ।

One thought on “गोकर्णेश्वोर नगरपालिकामा जनता सँग मेयर कार्यक्रमको सुरुवात ।

  1. धेरै राम्रो कार्यक्रम अायाेजना गर्नुभएको अनुभव भयो साथै टाेलबासीहरुकाे एकरुपताकाे परिचय मान्न सकिन्छ यस कार्यक्रमबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *