गोकर्णेश्वर नगरपालिकाले २० जनालाई बेकरी तालिम दिने

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले बेकरी तालिम दिने भएको छ ।

बेकरीे तालिम २० जना स्थाई बासिन्दालाइ ३ महिना दिइनेछ ।

नगरपालिकाले तालिममा सहभागी हुन आवेदन आवहान सम्बन्धी सुचना पनि प्रकाशन गरेको छ ।

तालिममा सहभागी हुन चाहने इच्छुक व्यक्तिहरुले यही जेठ १३ गतेसम्म नगरपालिकाले तोकेको कार्यलयमा निवेदन बुझाउनुपर्नेछ ।

तालिमको मुख्य उद्देश्य युवाहरुलाई सीप प्रदान गर्ने र उनीहरुलाई स्वरोजगार बनाउने भएको नगर प्रवक्त नारायण बहादुर सुबेदीले सूचना खबरलाई बताए ।

सूचना खबरसग कुरा गर्दै नगर प्रवक्ता सुबेदीले भने ‘कयौँ युवाहरु विदेश जान्छन्, सीप अभावले समस्यामा परेका हुन्छन् । यस्ता युवाहरुलाई देशमै सीपको विकास गराएर देशमै रोजगारको व्यवस्था मिलाउने अभियानमा छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *