गृह मन्त्रालयले एक महिनासम्म पुग्ने खाद्यन्न वितरण गर्ने

काठमाडौं, १ भदौ- गृह मन्त्रालयले आजदेखि बाढी पहिरोपीडिलाई एक महिनासम्म पुग्ने खाद्यन्न वितरण गर्ने जनाएको छ। स्थानीय प्रशासनमार्फत ५० केजी चामलसहित दाल, तेल लगायतका सामाग्री वितरण गर्न लागेको बताईएको छ । सप्तरी लगायतका जिल्लामा कुहिएको चामल बाँड्नेलाई कारबाहीको प्रक्रिया अघि बढाएको छ ।

कहाँ कति राहत वितरण भयो?
पाँचथर -त्रिपाल-४१ वटा, कम्वल-५ वटा, कपडा-२० थान, चिउरा-८२ के.जी, विस्कुट-७२ दर्जन।

झापा -त्रिपाल- १५७५ वटा, राहत सामग्री १२सेट, झुल ७२१ थान, भाँडा १५५ सेट । कचनकवल गाउँपालिकामा मृत्यु भएका राम भन्ने पवन राजवंशीका परिवारलार्इ नगद दुई लाख राहत वितरण गरिएको।

मोरङ –त्रिपाल ३२५६ वटा, कम्वल ८२५, चकटी २९३ वटा, झुल २८५ वटा, बाल्टिन ३१५ वटा, प्लाष्टिक ४४ रोल, चामल १८९५ क्विन्टल, दाल १६० केजी, चिउरा ७०० केजी, भुजिया १६४२ केजी, विस्कुट २०० कार्टुन, पानी ११६ कार्टुन, चाउचाउ १०० कार्टुन, चिनी ५५ के.जी, नुन २२५० केजी।

सुनसरी –त्रिपाल १०८ वटा, चामल १५ हजार ५०० केजी, दाल ९७० केजी, चिउरा १९ हजार ४०० केजी, भुजिया १० हजार ७०० केजी, विस्कुट ४९०० प्याकेट, तेल ६२० लि., चाउचाउ २८५० कार्टुन, नुन ९५० केजी।

सप्तरी -पोका (१ परिवारका लागि बनाएको भुजिया, चिउरा, चाउचाउ, बिस्कुट) १३७८ थान, चाउचाउ १२४ कार्टुन, पानी ९२ कार्टुन, भुजिया ९१ बोरा, बिस्कुट ५ कार्टुन । क्षेत्रीय आपतकालीन गोदाम घर सुनसरीबाट ८००० थान त्रिपाल ल्याइएको छ।

सिराहा – त्रिपाल ३१० वटा, चामल ३६५० केजी., दाल ३३५ केजी., नुन ३४१ केजी., चिउरा ६४५ केजी., भुजा ४८१ केजी., दालमोठ १८७ के.जी., तेल २८ लिटर, पिठो ४०० केजी, डोरी ५०० मिटर।

सर्लाही –त्रिपाल ४०७ वटा, कम्वल ३० वटा, जग ३० वटा, कपडा २०० सेट, चामल १० हजार २०० केजी, दाल १२०० केजी, चिउरा १३ हजा २३० केजी, भुजिया १५ बोरा, दालमोठ ५५ बोरा, बिस्कुट ३० कार्टुन।

महोत्तरी – त्रिपाल १५२ वटा, म्याट्रेस १२५ वटा, कपडा ४०० थान, चामल १०० बोरा, दाल २० केजी, चिउरा १७६७ केजी, भुजा ६२ केजी, विस्कुट ५२५ प्याकेट, पानी ७४० बोतल, चाउचाउ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *