गृहमन्त्रीको राजीनामा माग्न जाओ: कांग्रेस नेता बस्नेत

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले १०० किलो सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि नाम आएकोले राजिनामा माग्नुपर्ने बताएका छन्। केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा बस्नेतले सुन प्रकरणमा गृहमन्त्री श्रेष्ठ, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको नाम आएको बताए।

उनले सुन तस्करीमा गृहमन्त्रीको नाम आएकाले पदमा बसिरहनु उचित नहुने भन्दै राजीनामा माग्नुपर्ने बताएका हुन्। उनले भने,’ठूलो ठूलो कुरा गर्नु हुन्थ्यो गृहमन्त्री नारायणकाजी। आज उहाँको नाम आएको छ, उहाँको विषयमा राजीनामा माग्न जाऔं। को को मान्छे सुन तस्करीमा छन्। छानविन गर्ने कि नगर्ने ? यस विषयमा नेपाली कांग्रेसले बोल्ने कि नबोल्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *