गुल्मीमा अरिङ्गालको टोकाईबाट एक जनाको मृत्यु

३० साउन, काठमाडौँ : गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेका अनुसार मृत्यु हुनेमा मुसिकोट नगरपालिका ४ का २१ वर्षीय शैलेससिंह ठकुरी रहेको छ।

देविस्थान सामुदायिक जंगलमा सोमबार बेलुका साथिहरुसँग सल्लाको बोटमा रहेको अरिङ्गागालको गोलो पोल्ने क्रममा उनलाई अरिङ्गालले टोकेको थियो । भने उनी सोमबार राति उनी घरमै बसेको थियो तर उनको स्वास्थ्य झनझन बिग्रिदै गएपछि आफन्तले आज बिहान गुल्मी अस्पताल पुर्‍याएका थिए र उपचारका क्रममा आज बिहान सोही अस्पतालमा मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *