गीतकार रोहन पौडेल”जनक”आफ्नो पहिलो गीति एल्बम लिएर बजारमा आउने

rohan poudel
गीतकार रोहन पौडेल “जनक” युरोपको रमणीय समुन्द्री तटमा

फागुन १७ काठमाडौ, गीतकार रोहन पौडेल”जनक”आफ्नो पहिलो गीति एल्बम लिएर बजारमा आउने भएका छन् । नेपाली सुगम संगीतमा निक्कै नै मार्मिक र कर्णप्रिय गीतहरुको शब्द रचना गर्ने गीतकार रोहन पौडेल समाजसेवी तथा ब्याबसायी पनि हुन् ।

उनि जति मिठा शब्द रचना गर्छन् त्यो भन्दा धेरै आफ्नो ब्यापार ब्याबसायामा पनि सफल छन् । गीतकार तथा ब्याबसायी “रोहन पौडेल जनक” को पहिलो एल्बमको लागि तिन वटा गीतहरु रेकर्ड भईसकेको छ ।

एल्बममा रहने “कुनै दिन कुनै पल, तिमी छैनौ म देखि टाढा” बोलको गीतमा हरि लम्सालले संगीत गरेका छन् । गायक अजर जंगमको स्वर रहेको उक्त गीतलाई हरि लम्सालले नै एरेन्ज पनि गरेका छन् ।

एल्बममा रहने अर्को गीत “तिमीलाई आफ्नो बनाउ कसरि ? तिमीलाई मनमा सजाउ कसरि“? बोलको गीत गायक रुपकुमार राईको आवाजमा रहेको छ । यो गीतलाई ताराप्रकाश लिम्बुले संगीत भरेका हुन् भने, साहास शाक्यले एरेन्ज गरेका छन् ।

यसैगरी,एल्बममा रहने अर्को गीत “जिन्दगीको दुई पल, बिताउछु तिम्रो साथमा” बोलको गीतमा मेलिना राई र सन्तोष लामाको स्वर रहेको छ । यो गीतलाई हरि लम्सालले संगीत गरेका छन् भने, रिकेश गुरुङ्गले एरेञ्ज गरेका छन् ।

अहिले केहि गीतको म्युजिक भिडियो छायांकन पोखरा जस्तो रमणीय स्थानहरुमा भईरहेको र चाडै नै बजारमा आउने गीतकार रोहन पौडेल”जनक”ले सूचना खबरलाई जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *