रोहन पौडेल र अजर जंगमको “कुनै दिन कुनै पल” सार्वजनिक

ईन्द्र जिजीबिषा / काठमाडौ १८ भदौ- गीतकार रोहन पौडेल “जनक” को नयाँ गीत “कुनै दिन कुनै पल” सार्वजनिक भएको छ । वरिष्ठ संगीतकार दिपक जंगमको छोरा अजर जंगमको स्वर रहेको यो गीतमा संगीत र एरेन्ज हरि लम्सालले गरेका छन् ।
गीतकार रोहन पौडेल बिगत केहि बर्ष अगडी देखि नेपाली गीत लेखनमा सक्रिय छन् भने उनि एक कुशल बिजनेस म्यान पनि हुन् । उनको यो भन्दा अगाडि “चन्चले चुलबुले” “जिन्दगीको दुई पल” जस्ता गीतहरु बजारमा आईसकेका छन् ।

यो गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । यो गीतको म्युजिक भिडियोलाई सम्पादन र निर्देशन डिन्स पाल्पालीले गरेका छन् भने, कला निर्देशन कला संग्रौलाको रहेको छ । नैना कार्कीको प्रस्तुति रहेको यो म्युजिक भिडियोमा श्रेया कार्की र अजर जंगमले अभिनय गरेका छन् ।

श्रेया कार्कीले “नेपाली चलचित्र “बागमती” बाट फ्लिमी क्षेत्रमा डेब्यु गरेकी हुन् भने,मिस टिन नेपालको सेकेण्ड रनर अप पनि हुन् ।

“कुनै दिन कुनै पल” को म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

गीतकार रोहन पौडेलको “चन्चले चुलबुले” गीतको म्युजिक भिडियो

गीतकार रोहन पौडेलको ” जिन्दगी दुई पालाको” गीतको म्युजिक भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *