गायिका रेखा शाहको ‘लहरै आयो तिजैको बरिलै’ को भिडियोमा श्वेता खड्का र नीता ढुंगाना

६ भदौ, काठमाडौं : गायिका रेखा शाहको ‘लहरै आयो तिजैको बरिलै’ को अडियो र भिडियो सार्वजनिक भएको छ ।

भूपेन्द्र खड्काको अडियो प्रोडक्सनमा ‘अ सेरिज नेपाल’ र ‘रेखा शाह फाउन्डेसन’को प्रस्तुति रहेको यस गीतमा शब्द र सङ्गीत टेकेन्द्र नेपालीको रहेको छ भने पवन रानाभाटको सङ्गीत संयोजन , स्मृति तिमिल्सिनाको नृत्य निर्देशन , मिलन विश्वकर्माको सम्पादन त्यस्तैगरी, छायांकन र निर्देशन रुपेश थापाको रहेको छ । म्युजिक भिडियोमा श्वेता खड्का र नीता ढुंगानासँगै गायिका शाहलाई पनि देख्न सकिन्छ ।

गीतको भिडियो गायिका शाहकै युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *