गायिका कलिना राईको “काठमाडौ पोखरा धरान” सार्वजनिक (भिडियो सहित)

इन्द्र जिजीबिषा-काठमाडौ २६ असार- गायिका कलिना राईको “काठमाडौ पोखरा धरान” बोलको गीत सार्वजनिक भएको छ । वेलायतमा रहेकी गायिका कलिना राईको “फस्ट लभ”मा समावेश यो गीतलाई एशियान म्युजिकले बजारमा ल्याएको हो ।

खोटाङ्गमा जन्मिएकी गायिका कलिना राईको यो भन्दा अगाडी “सेवा सेवारो” “मरिमा लानु” लगायत १ दर्जन भन्दा बढि गीतहरु बजारमा आइसकेको छ । “काठमाडौ पोखरा, धरान” बोलको गीतमा गायिका कलिना राईलाई गायक आशुसेन लामाले साथ् दिएका छन् । शब्द र संगीत पनि आशुसेन लामाकै रहेको यो गीतलाई फडिन्द्र राईले एरेन्ज गरेका छन् ।

यो गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । सुजिता र रोशनले अभिनय गरेको यो गीतको म्युजिक भिडियोलाई अमृत सुनुवारले छायांकन गरेका छन् भने निशान घिमिरेको सम्पादन र सोनाम पाख्रिनले निर्देशन गरेका हुन् ।

यो गीतको म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *