गायक राजु क्षेत्री र गायिका ज्ञानु मगरको तिज गीत “रातो सारी लार” सार्वजनिक(अन्तर्वार्ता सहित)

काठमाडौ- पाल्पामा जन्मिएकी ज्ञानु मगर र तनहुँमा जन्मिएका राजु क्षेत्री लोक दोहोरी गायन क्षेत्रमा जमेका कलाकार हुन् । एक दर्जन गीति एल्बम बजारमा ल्याई सकेकी गायिका ज्ञानु मगर र गायक राजु क्षेत्री सांगीतिक दौरानकै क्रममा काठमाडौमा भेट भएका थिए ।

राजु क्षेत्री गायक मात्रै हैनन्, राम्रा गीतकार पनि हुन् । आफू सानो हुँदा, निक्कै राम्रो नाच्ने राजु, करिब एक दशक समय सशत्र प्रहरीमा जागिर खाएका थिए । जागिर छोडेपछि, बिचको समयमा मलेशिया पुगेका उनले , त्यहाँ ३ वर्ष बिताए । मलेशियाबाट फर्किएर निरन्तर गीत-संगीतमै लागी रहेका राजु र नेपालमै निरन्तर गायन क्षेत्रमा लागी रहेकी ज्ञानु मगर लोक दोहोरी गायनमा मात्रै जोडी बनेनन्, वास्तविक जिवनमा पनि जोडी बनेका छन् ।

गायक राजु क्षेत्री र गायिका ज्ञानु मगरले नेपाली हिन्दुहरुको महान चाड हरितालिका तिजको अवसरमा नयाँ तिज गीत “रातो सारी ला र” बोलको गीत पनि सार्वजनिक गरेका छन् । उक्त तिज गीतमा शब्द र संगीत गायक राजु क्षेत्रीकै रहेको छ ।

यो गीतको म्युजिक भिडियो पनि बनेको छ । करिश्मा ढकाल र विनोद गुरुङ्गको अभिनय रहेको यो गीतको म्युजिक भिडियोलाई नारायण रिजालले निर्देशन गरेका छन् भने हरि नारायण चौधरीको छायांकन र नविन घर्ति मगरको सम्पादन रहेको छ ।

यहि सन्दर्भमा गायक राजु क्षेत्री र गायिका ज्ञानु मगर संग ईन्द्र जिजीबिषाले गरेको कुराकानी

गायक राजु क्षेत्री र गायिका ज्ञानु मगरको तिज गीत “रातो सारी लार”

Leave a Reply

Your email address will not be published. Required fields are marked *