गायक प्रमोद खरेलले भने गायिका मेलिना राईलाई आइ लभ यू (भिडियो सहित )

काठमाडौँ, १६ पुस – अँग्रेजी नयाँ बर्ष २०१८ को विशेष अबसर पारेर चर्चित गायक: प्रमोद खरेल र गायिका मेलिना राईको स्वरमा रहेको “आई लभ यू” बोलको, प्रेमभावले ओतप्रोत सुमधुर गीतको नयाँ म्युजिक भिडियो सार्बजनिक भएको छ।
गीतकार: शरद पाण्डेका शब्दलाई संगीतकार: शँकर थापा स्माईलले संगीत भरेका छन् भने गीतमा उदयराज पौडेलको संगीत सँयोजन रहेको छ। आर.बि रेकर्डिङ स्टुडियोमा रेकर्डिस्ट: कुमार केसीले रेकर्डिङ गरेको गीतलाई अशोक महर्जनले सम्पादन तथा मुद्रण गरेका हुन् ।

प्रतिभाशाली नब कलाकार: सरोज गौडेल र मोडेल: सुप्रीया कटवालको अभिनय रहेको यस म्युजिक भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईंले खिचेका हुन् भने, ओम प्रसाईंले ड्रोन क्यामेरामा साथ दिएका छन्। यूवा निर्देशक देबजँग थापाको निर्देशन तथा सम्पादन रहेको भिडियोलाई डश म्युजिक प्रा.ली ले प्रस्तुत गरेको हो।

भिडियो यहाँ हेर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *