गण्डकी प्रदेश सभा बैठक आज बस्दै

३० साउन, काठमाडौँ : आज दिउँसो १ः०० बजे गण्डकी प्रदेश सभा बैठक बस्ने भएको छ ।

प्रदेश सभा सचिवालयका प्रवक्ता प्रेम सुवेदी अनुसार आजको बैठकमा विषयगत समितिमा बस्ने सदस्यको नाम प्रस्तुत हुने साथै सरकारले ल्याएको वन विधेयक बैठकमा पेस हुनेछ ।

यसअघि गत बिहीबार र सोमबारलाई डाकिएको बैठक सरकारले बिजनेस दिन नसकेपछि स्थगन भएको थियो ।

प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र गाईवस्तुमा देखिएको लम्पी स्किन रोगको नियन्त्रणसम्बन्धी जरुरी सार्वजनिक महत्वका दुईवटा प्रस्ताव पनि प्रदेशसभा सचिवालयमा दर्ता गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *