गण्डकीका सांसदलाई पूर्वाधार विकास कार्यक्रमका लागि ७२ करोड बजेट

काठमाडौं ।गण्डकी प्रदेशका सांसदले बाँड्ने गरी ७२ करोड रुपैयाँ विनियोजन गरिएको छ । अर्थमन्त्री जितप्रकाश आलेले प्रस्तुत गरेका आगामी वर्षको बजेट वक्तव्यमा पूर्वाधार विकास कार्यक्रमका लागि ७२ करोड छुट्याइएको हो ।

चालू वर्षमा पनि उक्त कार्यक्रम कार्यान्वयनमा छ । सांसदले बजेट बाँड्ने परिपाटीको चौतर्फी आलोचना भइरहेका बेला सोही आलोचित कार्यक्रमलाई गण्डकीले निरन्तरता दिएको हो ।

३६ निर्वाचन क्षेत्र रहेको यहाँ प्रत्येक क्षेत्रमा २ करोडका लागि विनियोजन गरिएको छ । उक्त कार्यक्रम कार्यान्वयनका लागि छुट्टै कार्यविधि तयार गर्ने र मापदण्ड बनाइने अर्थमन्त्री आलेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *