गठबन्धन मुलुकको आवश्यकता: सांसद गौतम

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद सञ्जय गौतमले गठबन्धन मुलुकको आवश्यकता बनेको बताएका छन् ।

नेता गौतमले गठबन्धन मुलुकको आवश्यकता बनेकाले त्यसलाई बलियो बनाउनुपर्ने कुरामा कांग्रेस इमानदार रहेको दाबी गरे ।

यस्तै, नेता गौतमले कांग्रेसलाई समाजवादी मोर्चामा जानुपर्ने कुनै बाध्यता नभएको पनि बताए। माओवादीसहित ४ पार्टीले सोमबार घोषणा गरेको समाजवादी मोर्चाबारे प्रसंगमा उनले मोर्चा गठन गरेका मात्रै समाजवादी र नगरेका गैरसमाजवादी नहुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *