गठबन्धनले निर्वाचन आयोगलाई प्रयोग गरेर महिलाको अधिकार मिच्यो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यले जित्ने सम्भावना रहेको दावी गरेका छन् । पार्टीबाट निर्वाचित सांसद्हरूलाई अभिमुखीकरण दिँदै अध्यक्ष ओलीले शाक्यले उपराष्ट्रपतिमा जित्ने सम्भावना रहेको बताएका हुन् ।

उनले भने, ‘जित्ने सम्भावना छ । कारणको अहिले चर्चा नगरौं । अन्तिम बेलासम्म सम्भावनाको खोजी गर्ने हो । अनेक प्रकारका समस्याहरू उनीहरू (गठबन्धन) भित्र छन् । विपक्षी शक्तिसँग चुनाव लडिरहेका छौं ।’

ओलीले एमालेलाई सवल राष्ट्रिय शक्ति बन्न नदिने षडयन्त्र भइरहेको आरोप लगाएका छन् । संविधानको भावना पुरुष राष्ट्रपति भए महिला उपराष्ट्रपति हुनुपर्ने भए पनि त्यसो हुन नसकेको उनले बताए । १० दलीय गठबन्धले महिलाको अधिकार खोस्न, संविधानलाई मिच्न निर्वाचन आयोगलाई प्रयोग गरेको आरोप उनले लगाए । ओलीले भने,‘यो गठबन्धन महिलाका हकअधिकार हरण गर्न लाग्यो । महिलाको पक्षमा यो गठबन्धन छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *