गगन थापाले गरे कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा यस्तो प्रस्ताव

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी एक वर्षमा बस्ने ६ वटा केन्द्रीय कार्यसमितिका बैठकमध्ये २ वटा काठमाडौं उपत्यकाबाहिर बस्ने प्रस्ताव पेश गरेका छन् ।

आज मंगलबार पार्टी कार्यालय सानेपामा सुरु भएको लाइभ बैठकमा महामन्त्री थापाले अबको एक वर्षमा बस्ने बैठकको मिति नै प्रस्ताव गरेका हुन्।महामन्त्री थापाले असोज, मंसिर, माघ, चैत र जेठको पहिला साता बैठक राख्ने प्रस्ताव गर्दै वर्षमा दुई वटा बैठक काठमाडौं उपत्यका बाहिर बस्नेगरी प्रस्ताव गरेका हुन् ।

त्यस्तै महामन्त्री थापाको प्रस्तावमा आगामी एक वर्षमा ५ देखि ७ लाख नयाँ सदस्य बनाउने महत्वकांक्षी योजना समेत समेटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *