गंगा र निरुको “मायाको देशै रमाइलो”

काठमाडौ ८ जेठ-“मायाको देशै रमाइलो” यस्तै शब्द भावमा अनुबन्धित चर्चित लोकदोहोरी गायक गंगा पुन मगर र गायिका निरु श्रीश मगरको सलैजो गीत “मायाको देशै रमाइलो” बजारमा आएको छ ।खेम राना मगरको शब्द सृजनामा सिर्जित गीतमा लय गंगा पुन मगरकै रहेको छ ।

ग्यालेक्सी म्युजिकले बिगत ५ बर्ष देखि निकै उट्कृष्ट गीतहरु बजारमा ल्याउने क्रममा अर्को प्रस्तुती अहिले सम्मकै उत्कृष्ट उत्पान्दनको रुपमा हेर्न सकिने गीतको म्युजिक भिडियोमा मोडल सन्दिप र बर्षाको अभिनय रहेको छ । उक्त गितको छायांकन देबराज आचार्यले गरेका हुन् ।

अहिले सम्मकै उत्कृष्ट निर्देशन पक्षमा भिजेका चर्चित निर्देशक पुर्णिमा बुढा मगरको निर्देशन रहेको भिडियोमा धेरै फरकपन देख्न सकिन्छ । देबराज आचार्य पछिल्लो पटक छायांकनमा व्यस्त रहेका छायाँकारको रुपमा पनि हेर्न सकिन्छ जसको छायांकनमा तयार भएका धेरै म्यूजिक भिडियोहरु चर्चामा छन् । सोहि छायाँकार देबराज आचार्यको छायांकनमा तयार भएको गीत बजारमा आएको हो ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *