खोला किनारामा दिसा गर्न गएका एक वृद्ध खोलाले बगाउँदा बेपत्ता

२८ साउन, काठमाडौँ : घोराही बेलझुण्डी नजिकैको पत्रे खोलाले घोराही उपमहानगरपालिकामा खोलाले बगाउँदा एक जना वृद्ध बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा घोराही उपमहानगरपालिका ११ स्थित झमरेका ६४ वर्षीय तिलकराम विक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमका अनुसार अरु दिन झैं दिसा गर्न खोला किनारामा गएका विकलाई खोलाले बगाएको र अबेरसम्म पनि नफर्किएपछि परिवारका सदस्य खोजी गर्दै खोलासम्म पुगेका थिए ।

सो क्रममा खोला किनारामा उनको छाता, चश्मा र लठ्ठी फेला परेको थियो । उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *