खोटाङ पूर्ण साक्षर जिल्ला घोषणा

खोटाङ – ‘समग्र खोटाङ समुन्नतिको निकास, ज्ञान, सीप, संस्कार, साक्षरताको विकास’ भन्ने नारासहित खोटाङ जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्लामा रहेका १५ देखि ६० वर्ष उमेर समूहका जनसंख्या मध्येमा गरिएको साक्षरता मूल्याङ्कनमा ९६ दशमलव ५६ प्रतिशत साक्षर भएको पाइएपछि खोटाङ जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको हो ।

प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले औपचारिक रुपमा एक कार्यक्रमको बिचमा शिक्षा अधिकारी धनबहादुर श्रेष्ठलाई पूर्ण साक्षर जिल्ला भएको प्रमाणपत्र प्रदान गर्दै पूर्ण साक्षर जिल्ला घोषणा गरेका हुन् ।

देशकै सबैभन्दा बढी २७ स्रोत केन्द्र रहेको खोटाङ जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको खुशियालीमा दिक्तेलबजारमा सांस्कृतिक झाँकीसहित विशाल र्याली निकालिएको थियो । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा ४९१ सामुदायिक, २९ संस्थागत, दुई प्राविधिक विद्यालय र ३४७ बाल विकास केन्द्र सञ्चालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *