खोटाङ कुवेत सम्पर्क मंचको अध्यक्षमा प्रेम कटवाल

कुवेत २४ असार-खोटाङ कुवेत सम्पर्क मंचको अध्यक्षमा प्रेम कटवाल चयन भएका छन । मंचको छैटौँ वार्षिक उत्सव तथा चौथौ अधिवेशन समारोहले कटवाललाई अध्यक्षमा चयन गरेको हो । मंचले ६ जना सल्लाहकारको साथमा ६२ सदस्यीय नयाँ कार्य समिति पनि गठन गरेको छ ।

संस्थाका निवर्तमान अध्यक्ष मञ्जित राईको सभापतित्व तथा नेपाली राजदूतावासका द्वित्तिय सचिव ज्ञान बहादुर मगरको प्रमुख अतिथ्यमा कोशराज राई, अर्जुन बस्नेत, खोप गुरुङ, जय आले मगर, अमृत तामाङ, प्रदीप नेपाली , प्रेम जिमि, राज मल्ल ,ठाकुर प्रसाद पाण्डे, भुवन बस्नेत लगायत कुवेतमा कृयाशिल संघ संस्थाका पदाधिकारी, प्रतिनिधि, पत्रकार, समाजसेवी, बुद्धिजीविहरूको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा अर्जुन बस्नेत, कोशराज राई, जय आले, नारायण पोख्रेल, अमृत तामाङ, दिल पाख्रिन, मधु मगर, खोप गुरुङ, माया साम्पाङ राई लगायत अन्यले शुभकामना व्यक्त गरेका थिए भने अमर खड्काले गजल वाचन र देवान खड्काले हास्यब्यांगे प्रस्तुत गरेका थिए । कार्यक्रममा किरात राई यायोक्खाका कलाकारहरुले जातीय भेषभुषामा सजिएर साकेला सिली नृत्य प्रस्तुत गरेका थिए भने कार्यक्रमको बीचबीचमा बिभिन्न मनोरन्जनात्मक एकल तथा सामुहिक नृत्य प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा सहयोगी संस्था र मिडिया ग्रुपलाई कदर पत्रले सम्मान गरिएको थियो भने संस्थाका सल्लाहकार रेवती भट्टराई र संस्थाका सक्रिय सदस्य श्याम गुरुङलाइ मायाको चिनो स्वरुप मेमेन्टो, कदर पत्र र खादाले प्रमुख अतिथि र संस्थाका निवर्तमान अध्यक्ष मन्जित चाम्लिङ राईको हातबाट सम्मान गरिएको थियो l त्यस्तै केदार आलेले सुन्तले प्रा. वि. को लागि सहयोगी स्थानीय सञ्चारगृह, सञ्चारकर्मी र सहयोगी संघ संस्थाहरुलाई सम्मान पत्र वितरण गरेका थिए l

कार्यक्रममा कार्य प्रगति प्रतिवेदन रेवती भट्टराइले प्रस्तुत गरेका थिए भने कार्यक्रमको संचालन रमेश किराती चट्याङ र नैनाकला राई गरेका थिए ।

नयाँ कार्य समितीको नामावली यस प्रकार रहेको छ
सल्लाहाकार समिति
सस्थापक/संरक्षक – मन्जित राई, संस्थापक वरिष्ठ सल्लाहाकार- चन्द्र तमाङ, वरिष्ठ सल्लाहाकार- रेवती भट्टराई, बरिष्ठ सल्लाहाकार- अमीत चाम्लिङ ,सल्लाहाकार- खड्ग कटवाल ,सल्लहाकार- रमेश किराँती (चट्याङ) ।

नयाँ कार्यकारिणी समिति
अध्यक्ष- प्रेम कटवाल ,उपाध्यक्ष – केदार आले मगर,उपाध्यक्ष (महिला) – नैनकला राई, उपाध्यक्ष- मोहन नाछ्रीङ राई,महासचिव- जितबहादुर खड्का,सचिव-बिष्णुप्रसाद भट्टराई,सहसचिव-शुनिता रुपाबुङ राई,कोषाध्यक्ष- लाल बहादुर गुरुङ,सहकोषाध्यक्ष-सुजाता पुमा राई,संगठन बिभाग प्रमुख-दिनेश श्रेष्ठ,संचार प्रमुख-युवक राई,खेलकुद प्रमुख – पन्चु राई,युवा प्रमुख -प्रकाश चाम्लिङ राई,युवा उप-प्रमुख – उमेश राई,कलाकार प्रमुख- सविन दुमि राई,कलाकार उप-प्रमुख-गणराज राई,कलाकार उप-प्रमुख- यदुराज राई,प्रचारप्रसार बिभाग प्रमुख – युवराज राई।

वरिष्ठ सदस्यहरु 
नीरबहादुर राई,श्याम गुरुङ,जगत राना मगर,मानबहादुर मगर,दिपेन दाहाल,सन्तोष भट्टराई,देवान खड्का ,गोबिन्द पोखरेल ,बाबुराम बिष्ट ,पुरुषोत्तम दहाल, बम बहादुर खड्का, सुजाता खड्का,बिष्णु नाछ्रीङ राई,अनिता खालिङ राई ,श्रीमती कुमारी राई

सदस्यहरु
कबिन कटवाल,धनकुमार धिमाल, दुर्गाबहादुर कटवाल ,विशाल मिश्र ,बागधन चाम्लिङ राई , प्रकाश थुलुङ राई ,राम थापा मगर, टीकाराम मुग्राती ,पर्वत चाम्लिङ राई ,अनिल पुमा राई ,मनि चाम्लिङ राई ,नर बहादुर नेपाली ,सुब्बल चाम्लिङ,सरबहादुर राई ,रमेश राई ,प्रदिप राई ,विवस राई ,नवराज कटुवाल ,दिपक केसी ,बैजन्ती राई, बिर्बल तामाङ ,सुन्दर राई ,रसिला राई रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *