खोटाङ आईडलको पाँचौ अडिसन शनिबार हुने

खोटाङ – खोटाङ आईडलको पाँचौ अडिसन शनिबार हुने भएको छ । खोटाङ जिल्लाभित्रका लुकेर बसेका प्रतिभाहरुलाई बाहिर ल्याउने उदेश्यले सञ्चालित खोटाङ आईडलको पाँचौ अडिसन जिल्ला समन्वय समितिको समिक्षालय हलमा हुने भएको छ ।

खोटाङ जिल्लामा अहिले सर्वाधिक चर्चामा रहेको बृहत सांगीतिक रियालिटी शो खोटाङ आईडलको चौथो राउण्ड सम्मका अडिसन यो भन्दा अगाडि नै सम्पन्न भईसकेको छ । चौथो राउण्ड बाट १७ जना प्रतिभाहरु छानिएका थिए ।

शनिबार हुने पाचौ राउण्डको अडिशनमा अमिता राई, कञ्चन राई, केदार अनुरागी, पर्शुराम गजमेर, राजन गिरी, रोहित चाम्लिङ, रोशन लिङदेन, रुपेश राई, सिर्जना राई, सुजता परियार, सुमन राई, तेज राई, उमेश राई, युवाराज राई, ईशारा चेली राई, दिपा राई र संगम राईले प्रतिस्पर्ध गर्दै छन् ।

‘गला र संगीतको पहिचान नवप्रतिभाको खोजि हाम्रो अभियान’ भन्ने मूल नाराको साथ संचालन हुदै आएको खोटाङ आईडलको पाचौ राउण्ड बाट दशजना गायक तथा गायिकालाई अगाडी लगिने कार्यक्रम संयोजक जीवन कुमार राईले बताएका छन् । पाचौ राउण्ड बाट छानिएका टपटेनलाई सोही दिन भोटिङ कोड वितरण गरिने पनि संयोजक राईले हामीलाई बताएका छन् ।

खोटाङ आईडलका विजेताले ५४ हजार ५७४ ट्रफी, प्रमाणपत्र ६ महिना संगीत कोर्षको साथमा मोटोरोला कम्पनीको एउटा मोबाईल, एउटा गीत रेर्कडीङ गर्ने अवसर पाउने छन् भने दोश्रो हुनेले २४ हजार ५७४ प्रमाणपत्र, एक गीत रेर्कडीङ तीन महिना संगीत कोर्ष तथा तेश्रोले १० हजार ५७४ प्रमाणपत्र, महिना दिन संगीत कोर्ष र एक गीत रेर्कडीङ गर्न पाउनेछन् । वेष्ट भोकलिष्ट एकजनाले २ हजार ५७४ नगदका साथमा प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रम संयोजक जीवन कुमार राईले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *