खोटाङ्गे कलाकार केशब भावुक र ममता राईको दोहोरी गीतको साथमा नयाँ एल्बम”भावुक” बजारमा आउने

फागुन १३ काठमाडौ, गायक तथा गीतकार केशब भावुकले नयाँ एल्बम “भावुक” लिएर बजारमा आउने भएका छन् ।

keshab bhabuk
गायक तथा गीतकार केशब भावुक

खोटाङ्गमा जन्मिएका कलाकार केशब भावुकको यो पहिलो एल्बम हो । यो एल्बममा आधुनिक,फ्लिमी, दोहोरी सबै किसिमको गीतहरु गरेर ९ वटा गीतहरु रहनेछ ।

एल्बममा रहने “घुम्दै फिर्दै आईयो डाँडा बजार,फूल झैँ माया भेटियो जुन झैँ मुहार” बोलको गीतलाई गायिका ममता राई केशब भावुकले गाएका छन् ।

यो गीतलाई बिनोद खम्बुले लयबद्ध गरेका छन् भने, शब्द रचना यदुराज राईले गरेका हुन् । एरेन्ज उदयराज पौडेलले गरेका छन् ।

यो एल्बममा रहने अन्य गीतहरुमा केशब भाबुकलाई गायिका अञ्जु पन्त, गायिका मेलिना राई, रोशना राई र अमृता लिम्बुले गायनमा साथ् दिएका छन् ।

नरेश भट्टराई,राम रेप्चुङ्ग, बिक्रम अनन्त,भूमिका पल्ली मगर, र केशब भावुककै शब्द रचना रहेको छ । उक्त एल्बममा सोलो संगीत अहिलेका ब्यस्त संगीतकार बिनोद खम्बुले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *