खोटाङको सिडिओमा एकदेव अधिकारी २० जिल्लाको जिल्ला अधिकारी फेरिए

काठमाडौ ८ भदौ- गृह मन्त्रालयले १३ सहसचिव र ३१ उपसचिवको सरुवा गरेको छ । जसमध्ये २० जिल्लामा प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । गृह मन्त्रालयका अनुसार सहसचिवबाट मकवानपुरको सिडियोमा चक्रबहादुर बुढालाई तोकिएको छ ।

यस्तै आशमान तामाङ सिन्धुपाल्चोक, सीताराम कार्की सुर्खेत, नारायण प्रसाद भट्टराई बर्दिया, महादेब पन्थ ललितपुर सिडियो, बिष्णु पोखरेल इलाम, विष्णु बहादुर थापा बागलुङ तथा चन्द्रमान श्रेष्ठ उदयपुरको सिडियो बनेका छन् ।
यसैगरी हरिशरण पुडासैनी गृह मन्त्तालयको व्यवस्थापन महाशाखाको प्रमुखमा सरुवा भएका छन् भने जनकराज दाहाललाई इलाम सिडियोबाट गृहमा तानिएको छ ।

यस्तै मदन भुजेल कविपलबस्तुको सिडियोको रुपमा सरुवा हुँदा कपिलबस्तुको हालका सिडिओ विष्णु प्रसाद ढकाल प्रहरी किताबखानाको डिजीको रुपमा सरुवा भएका छन् । यस्तै नारायण प्रसाद दुवाडीलाई मकवानपुरबाट गृहमन्त्रालयमा सरुवा गरिको छ ।

उपसचिवबाट विष्णु पौडेल जुम्लाको सिडियो बनेका छन् भने दिलीप लामिछाने रामेछापको सिडिओ, विश्वराज न्यौपाने दैलेखको सिडिओ बद्रीनाथ गैरै कालिकोटको सिडिओ बनेका छन् ।

यस्तै सिद्धराज जोशी, चेतराज बराल भोजपुरको सिडिओ, लक्ष्मीदेबी हुमागाँईँ पाँचथरको सिडिओ , हरि पन्त मनाङको सिडिओ, पुष्पराज शाही जाजरकोटको सिडिओ र एकदेब अधिकारी खोटाङको सिडिओ बनेका छन् ।
यस्तै उपसचिवबाट केहि कर्मचारीलाई सहायक प्रजिअको जिम्मेवारी पनि दीइएको समाचार रातो पाटीले लेखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *