क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा आजदेखि काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदै

३२ साउन, काठमाडौं : काठमाडौंको गौशालास्थित एक होटलमा एक नाबालिकलाई बलात्कार गरेको आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा पछिल्लो पटक विश्वकप छनोटका लागि जिम्बाबे प्रस्थान गरेयता मुद्दाले निरन्तरता पाउन सकेको थिएन भने आजदेखि काठमाडौं जिल्ला अदालतमा नियमित सुनुवाइ हुँदै छ ।

लामिछानेलाई नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएता पनि उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । र सर्वोच्च अदालतले विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेश दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *