आयुष न्यौपाने / बर्दिया । नेकपा (क्रान्तिकारी माओवादी) बर्दियाको सेक्रेटरीमा लोकराज जैसी निर्वाचित भएका छन् । बर्दियाको गुलरियामा आज सम्पन्न पार्टीको प्रथम जिल्ला भेलाले जैसीलाई पार्टी सेक्रेटरीमा निर्वाचित गरेको हो ।
भेलाले १३ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ , जस्मा चार जना वैकल्पिक सदस्यहरू पछि थप्ने निर्णय गरेको छ । बैठकले लोकराज, लोकेन्द्र र दिल बहादुर कठायत गरी तीन जनाको सचिवालय समेत गठन गरेको छ ।
भेला लगत्तै निर्वाचित जिल्ला समितिको पहिलो बैठकले संगठन निर्माण सुढृणीकरण तथा जनपरिचालन अभियानलाई जिल्लाभर चलाउने, मोर्चा र संगठनहरूको भेला गर्ने लगायतको निर्णय गरेको प्रेस विज्ञप्ति मार्फत जनाइएको छ ।
कार्यक्रममा पार्टीका पोलिटव्युरो सदस्य तथा पाँच नम्बर प्रदेस सेक्रेटरी प्रेम सुवेदी, केन्द्रीय सदस्य तथा बाके-बर्दिया इन्चार्ज संकुल, पूर्व केन्द्रीय सदस्य खडक बहादुर मल्ल, सेक्रेटरी दुर्गा खत्री लगाएतले सम्बोधन गरेका थिए । कार्यक्रममा जिल्लाको विभिन्न स्थानबाट नेता, कार्यकर्ताहरू सहभागि भएका थिए ।