प्रदेश नम्बर–७ मा सात सदस्यीय मन्त्रिमन्डल गठन

कैलाली, ५ फागुन – प्रदेश नम्बर–७ मा सात सदस्यीय मन्त्रिमन्डल गठन गरिएको छ । माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका त्रिलोचन भट्टले शनिबार धनगढीमा प्रदेशप्रमुख मोहनराज मल्लसँग पद तथा गोपनीयताको शपथ लिएका हुन् । त्यस लगत्तै अरु ६ मन्त्रीले पनि शपथ लिएका छन् । नेकपा एमालेबाट चार र माओवादी केन्द्रबाट दुई मन्त्री बनेका छन् ।

प्रदेश नं ७ को मन्त्रिमण्डलमा एमाले संसदीय दलका नेता प्रकाश शाह गृह (आन्तरिक मामिला तथा कानुन)मन्त्री बनेका छन् । माओवादी केन्द्रका झपट बोहराले अर्थ (आर्थिक तथा योजना) मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यस्तै, पठानसिंह बोहरा, भौतिक पूर्वाधार तथा योजना, दीर्घ सोडारी सामाजिक विकास, माया भट्ट उद्योग, पर्यटन, वन तथा वातावरण र विनीता चौधरी भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *