क्रान्तिकारी पत्रकार महासंघ बाँकेको जिल्ला सम्मेलन सम्पन्न

बाँके १ असोज- नेकपा क्रान्तिकारी माओवादी निकटका पत्रकारहरुले बाँकेमा जिल्ला सम्मेलन सम्पन्न गरेका छन । क्रान्तिकारी पत्रकार महासंघ बाँकेको प्रथम सम्मेलनले १५ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।

क्रान्तिकारी पत्रकार महासंघको बाँके अध्यक्षमा दिनेश श्रीवास्तव, सचिवमा हेमराज अधिकारी, कोषाध्यक्षमा सञ्जना कर्मचार्य, सचिवालय सदस्यमा सावित्री घर्तिमगर,कविता रेगामी र सदस्यहरुमा हेमराज न्यौपाने, दिक्षा श्रीवास्तव लगायत रहेका छन ।

क्रान्तिकारी पत्रकार महासंघ बाँकेको पहिलो बैठकले संगठनको कोष निर्माण गर्ने, कार्यालय खोल्ने लगायतका विषयमा निर्णय गरेको महासंघका सचिव अधिकारीद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सम्मेलनमा क्रान्तिकारी पत्रकार महासंघका नेता लोकराज जैसीको प्रमुख आतिथ्यता र क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज भुपेन्द्र न्यौपानेको विशेष उपस्थिती रहेको थियो ।

कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल, जिल्ला उपाध्यक्ष रुपा गहतराज, प्रेस युनियनका सचिव अर्जुन ओली, प्रस चौतारीको नेता तथा महिला सञ्चार समूहको अध्यक्ष अक्षरी पोख्रेल, प्रेस सेन्टरका अध्यक्ष डक्ट धिताल,प्रेश मञ्चका नेता आशिष गुप्ता, क्रान्तिकारी पत्रकार संगठनका निलम आरर्सि लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रममा वक्ताहरुले पत्रकारको हक, हित र अधिकारको लागि एक भएर लड्नुपर्नेमा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *