कोशी सरकार विरुद्धको रिटमा प्रतिवादीले दिए प्रतिवाद

२१ भदौ, काठमाडौँ : कोशी प्रदेश सरकार र मुख्यमन्त्री उद्धव थापाविरुद्ध परेको रिटमा विपक्षीहरूले प्रतिवादी दाबी गरेका छन् ।

कोशी सरकारको तर्फबाट अधिवक्ता टिकाराम भट्टराई, केशव बादल र सुरेन्द्र भण्डारीले प्रतिवादी दाबी गरेका थिए । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री थापाले असंवैधानिक माध्यमबाट विश्वासको मत लिएको दाबी गर्दै मुख्यमन्त्री थापा, प्रदेश प्रमुखलगायतविरुद्ध रिट दायर गरेका थिए ।

सर्वोच्चका न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा परेको रिटमाथि निरन्तर सुनुवाइ भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *