कोशी प्रदेशसभा एमाले र राप्रपाको विरोधपछि बैठक स्थगित

६ भदौ, काठमाडौँ : कोशी प्रदेशसभामा आज बसेको बैठक सुरु भएलगत्तै एमाले र राप्रपाका सांसदहरु उठेर विरोध गरेपछि स्थगित भएको छ।

एमालेका सांसद तिलकुमार मेन्याङ्बो प्रदेशसभामा बोल्दै सभाध्यक्षको कुर्सीमा बसेर मुख्यमन्त्री उद्धव थापालाई संविधानविपरीत विश्वास दिएको भन्दै विरोध जनाउँदै सभाध्यक्षले अरू पनि गैरसंवैधानिक कार्य गर्नसक्ने देखिएको भन्दै नाराबाजी सुरु गरेका थिए। त्यसपछि एमाले र राप्रपाका सबै सांसदहरू बैठक छोडेर हिँडेपछि प्रदेशसभा बैठक स्थगित भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *