कोशी प्रदेशसभाका सभामुख गौतमले दिए राजीनामा

१६ साउन, काठमाडौं : माओवादी केन्द्रबाट निर्वाचित भएका कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले सत्ता गठबन्धनको पक्षमा बहुमत पुर्‍याउनका लागि राजीनामा दिएका छन् । मंगलबार दिउँसो उनले उपसभामुखलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्र प्रदेशसभा सचिवालयमा बुझाउँदै प्रदेश प्रमुखको कार्यालयमा पनि जानकारी दिएका छन्।

राजीनामा दिएपस्चात गौतमकै सहमतमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् ।

उनले भने, ‘प्रदेशको समग्र विकास र स्थायित्वका लागि सभामुखको राजीनामा उचित हो भन्नेमा म अहिले पनि छैन । मेरो प्रष्ट कुरा छ । म कसैसँगअप्ठेरो नमानी भन्न सक्ने कुरा त्यही नै हो , तर परिवेशले मलाई त्यहाँ पुर्यायो र मैले त्यो ९राजीनामा० गर्ने भएँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *