कोशी प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्त गर्ने तयारी

२२ भदौ, काठमाडौँ : कोशी प्रदेशमा आज शुक्रबार नयाँ मुख्यमन्त्री नियुक्त गर्ने तयारी भइरहेको छ ।

सर्वोच्चले आदेश जारी गरेलगत्तै प्रदेश प्रमुखको कार्यालयले नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी गरेको छ । बिहीबार सर्वोच्च अदालतले उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्री पदबाट बर्खास्त गर्दै ४८ घण्टाभित्र कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो ।

अदालतको पत्र आएपछि मुख्यमन्त्री नियुक्त गर्ने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । सर्वोच्च अदालतले पूर्व मुख्यमन्त्री थापाले लिएको विश्वासको मत खारेज गरेको छ । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम थापालाई पदमुक्त गरेपछि कार्की प्रदेशसभामा सबैभन्दा ठूलो दलको नेताका रुपमा दोस्रो पटक मुख्यमन्त्री बन्न लागेका हुन् । एमाले संसदीय दलका नेता कार्कीले प्रदेश प्रमुखको कार्यालयबाट अहिलेसम्म कुनै जानकारी नआएको र आफू प्रदेश प्रमुखको कार्यालयको पत्रको पर्खाइमा रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *