कोशी प्रदेशका मुख्यमन्त्रीविरुद्धको रिटको सुनुवाइ पूर्ण इजलासमा सुरु

१८ भदौ, काठमाडौँ : आफूले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै कोशी प्रदेशका मुख्यमन्त्री विरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ पूर्ण इजलासमा सुरु भएको छ ।

आइतबार न्यायाधीश सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले रिटको पूर्ण सुनुवाइ गर्न आदेश दिएपछि सोमबार न्यायाधीश सपना प्रधान मल्ल, डा कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा रिटमाथि सुनुवाइ सुरु भएको हो ।

थापाले भदौ २१ गते विश्वासको मत लिँदा प्रदेशसभाका अध्यक्षसमेत रहेका कांग्रेस सांसद इसराइली मन्सुरीको मत लिएर बहुमत ल्याएका थिए । त्यसविरुद्ध पूर्वमुख्यमन्त्रीसमेत रहेका एमाले नेता हिक्मतकुमार कार्कीले मुद्दा दायर गरेका थिए । उक्त रिटको प्रारम्भिक सुनुवाइमा भदौ २४ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाले कारण देखाउ आदेश जारी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *