कोशीका मुख्यमन्त्री उद्धव थापा पदमुक्त

२२ भदौ, काठमाडौँ : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गरिएको छ ।

सर्वोच्च अदालतले उनलाई विश्वासको मत असंवैधानिक ठहर गर्दै पद फिर्ता गरेको थियो । सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले बिहीबार ४८ घण्टाभित्र सबैभन्दा ठूलो दलका नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्न आदेश दिएको हो ।

संसदको सबैभन्दा ठूलो दल नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की कोशी प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री थापाले असंवैधानिक माध्यमबाट विश्वासको मत लिएको दाबी गर्दै कोशी सरकारविरुद्ध रिट दायर गरेका थिए । थापाले भदौ २१ गते भएको मतदानमा सभामुख इस्राइल मन्सुरीलाई सहभागी गराएर विश्वासको मत पाएपछि उनले प्रदेश प्रमुख, मुख्यमन्त्रीलगायतविरुद्ध रिट दायर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *