कोटेश्वर सडकमा फोहोर फाल्ने १६ जना पक्राउ, ७२ हजार जरिवाना

२७ भदौ, काठमाडौँ : काठमाडौं महानगरपालिकाले कोटेश्वरको सडकमा फोहोर फाल्ने १६ जनालाई पक्राउ गरेको छ ।

कोटेश्वरमा फोहोर फाल्न गएका १६ जनालाई महानगरीय प्रहरी बलको टोलीले बुधबार बिहान नियन्त्रणमा लिएको छ । प्रहरीले १६ जनालाई जरिवाना लगाएर छोडेको थियो । उनीहरुलाई ७२ हजार जरिवाना गरिएको महानगरीय प्रहरी बलले जनाएको छ ।

महानगरपालिकाले हरेक दिन बिहान ६ बजेपछि घर–घरमा फोहोर उठाउने सवारीसाधन पुग्ने तर पनि मानिसले सडकमै फोहोर फाल्ने गरेको महानगरले जनाएको छ । महानगरपालिकाले कानूनको पालना गरी सहरलाई सफा र स्वस्थ राख्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *