कैलालीमा दुुई जनाको मृत्युु

३ भदौ, काठमाडौँ : धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकामा दुुई जनाको करेन्ट लागेर र पानीमा डुुबेर मृत्युु भएको छ ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका– १२ सीगाउँ बस्ने ४५ वर्षीय यवराज शाही र कैलारी गाउँपालिका– ९ बनकनरी बस्ने ५ वर्षीय बिजल चौधरी रहेका छन् ।

प्रहरीका अनुसार आफ्नै घरको शौचालयमा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका शाहीको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो भने शनिबार साँझ घर नजिकैको समाज सुधार सामुदायिक वनमा रहेको पोखरीमा नुहाउने क्रममा घाइते भएका चौधरीको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।
दुुवै घटनाबारे प्रहरीले अनुुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *