के गायिका समीक्षा अधिकारीको भिसा रद्द भएकै हो त ?

७ भदौ, काठमाडौं : अष्ट्रेलिया सरकारको डिपार्टमेन्ट होम अफेयर्सले गायिका समीक्षा अधिकारीको भिसा रद्द गरिदिएको छ ।

गायिका समीक्षा सिड्नीमा गत वर्षको फागु पूर्णिमामा आयोजित एक कार्यक्रमका लागि गएकी थिइन् । भने त्यो बेलामा समीक्षाको उमेर १८ वर्ष नपुगेको कारणले उनले केयर–टेकरको रुपमा आफ्नी दिदीलाई लगेर गएकी थिइन् । त्यसपछि समीक्षा नेपाल फर्किए तर उनकी दिदी चाहिं अष्ट्रेलियामै बसिन् ।

यसको केही महिनापछि पुनः अष्ट्रेलियामा जान लाग्ने क्रममा पनि समीक्षाको उमेर १८ वर्ष नपुगेकोले अर्को एक केयर-टेकरको लागि भिसा अप्लाई गरेकी थिइन् । तर यो बेलामा केयर-टेकरको भिसा लागेन । साथै, समीक्षाको भएको एक वर्षको भिसा पनि रद्द भएको देखिएको छ ।

तीज पर्वको छेकोमा अष्ट्रेलियामा आयोजना गर्न लागिएको १३ वटा इभेन्टका लागि समीक्षा अष्ट्रेलिया जाने तयारीमा थिइन् । समीक्षाको भिसा अहिले पनि पेन्डिङमा रहेको र होम अफेयर्सले थप कागजात मागेको भन्ने बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *