‘केजीएफ २’ लाई उछिन्दै ‘गदर २’ बन्यो तेस्रो धेरै कमाउने हिन्दी फिल्म

१० भदौ, काठमाडौँ : बलिउड फिल्म ‘गदर २’ ले रिलिज भएको १६ दिन यानीकि शनिबार भारतमा १३।७५ करोड भारु कमाएसँगै ‘केजीएफ २’ को कीर्तिमान तोडी भारतीय बक्स अफिसमा सबैभन्दा धेरै कमाउने तेस्रो हिन्दी फिल्म बनेको छ । योसँगै फिल्मको कुल कलेक्सन ४३९।९५ करोड भारु पुगेको छ ।

‘केजीएफ २’ को हिन्दी संस्करणले ४३४।७० करोड भारुको लाइफटाइम कलेक्सन गरेको थियो ।
‘पठान’ ले ५४३ करोड भारु कमाएको थियो भने ‘बाहुबली २’ को हिन्दी संस्करणले ५१० करोड भारुको लाइफटाइम कलेक्सन गरेको थियो ।

‘गदर २’ को कमाइ हेर्दा बलिउड लयमा फर्किएजस्तो देखिन्छ । पछिल्लो तीन वर्ष हिन्दी फिल्मका लागि राम्रो रहेन । यो वर्ष तालिका फेरिएको छ । पठान र गदर २ ले मात्रै करिब एक हजार करोड कलेक्सन गरे । आयुष्मान खुरानाको ‘ड्रीम गर्ल २’ ले पनि बक्स अफिसमा राम्रो कमाइ गरेको छ । शाहरुखको फिल्म ‘जवान’ अर्को महिना रिलिज हुँदैछ । प्रतिक्रिया राम्रो भएमा फिल्मले सहजै ३०० करोडसम्म कलेक्सन गर्न सक्छ ।

निर्देशक अनिल शर्माले ‘गदर २’ ले एक हजार करोड भारु कमाउन सक्ने बताएसँगै ‘गदर २’ विश्वभर ५७२।२० करोड भारुभन्दा बढी कमाइ गरेको छ ।फिल्मले अष्ट्रेलिया, जर्मनी, अमेरिका, बेलायतलगायत देशमा राम्रो व्यापार गरिरहेको छ । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *