कुटपिट गरी हत्या गरेको आरोपमा चार जना पक्राउ

१ असोज, काठमाडौँ : कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले २० वर्षीय तिलक पुनसहित चार जनालाई गए राति पक्राउ गरेको छ ।

तिनाउ गाउँपालिका–२ मा तीजको कार्यक्रममा २४ वर्षीय सुनिल खत्रीको हत्या भएको थियो । साथीभाइबीच झडप भएपछि उनलाई निर्मम कुटपिट गरिएको थियो । उनलाई उपचारका लागि रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लगिए पनि उपचारको क्रममा मृत्यु भएको हो ।

खत्री तिनाउ गाउँपालिका–२ घोडेबासका थिए । जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रभास प्रहरी चौकीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्नलाई पक्राउ गरेको हो । उनीहरु पनि तिनाउ नगरपालिका–२ का बासिन्दा हुन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *