कुटपिट गरी लुटपाट गरेको आरोपमा कञ्चनपुरमा दुई जना पक्राउ

४ असोज, काठमाडौँ : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-५ स्थित अर्जुनी जंगलमा बुधबार साँझतिर सडकमा आक्रमण गरेर घाटीमा लागाएको ८ (आठ) आनाको तिलहरी, मोबाइल लुटेर फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वेदकोट नगरपालिका- २ दैजी बस्ने २२ वर्षीय कमल चौधरी र २७ वर्षीय राजु डगौरा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले शुक्लाफाँटा नगरपालिका-५ बस्ने ४० वर्षीय अम्बादत्त जोशी र उनकी बहिनी द्रोपती जोशीलाई गड्डाचौकीबाट जर्सी गाई घरतर्फ ल्याइरहेको अवस्थामा दुई युवकले कुटपिट गरी लुटपाट गरेको बताए ।

कुटपिटबाट घाइते भएका अम्बादत्तको दुवै हात र खुट्टामा चोट लागेको छ । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *